धरान । धरान–भेडेटार सडक खण्ड नजिकै हत्या भएको अवस्थामा जेब्रा झोलामा पुरुषको शव फेला परेको छ ।
बुधबार धरान–४ को नौकिलो भन्ने स्थानमा जेब्रा झोलामा खुट्टा र टाउको हालेर फालिएको अवस्थामा शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरी फालेको देखिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए । शवको कसको हो भन्ने पहिचान गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
शव भेटिएको स्थानमा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान थालिएको छ । पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी दाउरा खोज्न जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धरान–१६ मा अस्थायी रूपमा बस्दै आएका प्रत्यक्षदर्शी तामाङले जेब्रा झोलामा शव फालेको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थ्एि । मृतक करिब ४० वर्ष उमेरका रहेको प्रहरीले अनुमान गरेको छ ।


















