इटहरी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफै उमेदवारी घोषणा गर्दै नहिड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा इटहरीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले नेताको घर घर धाएर टिकट नपाइने समेत प्रष्ट पारेका छन् । स्थानीय पार्टी कमिटिको सिफारिसका आधारमा उमेद्धवार चयन गरिने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।
उनले स्थानीय,प्रदेश र केन्द्रका तीनै निर्वाचनमा नेकपा एमालेले वहुमत ल्याउने दावी समेत गरेका छन् । उनले चुनाव नचाहने गठवन्धनकै दलहरुले अझै पनि विभिन्न कारण देखाएर चुनाव विथोल्न सक्ने भएकाले सजग रहन समेत कार्यकर्तालाई निर्देशन दिएका छन् । अहिले स्थानीय तहको चुनाव नेकपा एमालेको पहिलो प्राथमिकता भएकाले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले देश चलाउने नेताहरुको नालायकि देखेर विदेशीहरुले हेप्न थालेको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीले अव नेकपा एमालेका सवै नेता कार्यकर्ता तीन महिला सम्म पूर्ण कािलन ढंगले वडा वडामा खटने बताए । एमाले इटहरी अध्यक्ष याम सुब्बाले आगामी स्थानीय निर्वाचनमा एमालेले इटहरीका सवै वडा जित्ने दावी गरेका छन् ।

















