No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७८
in प्रदेश, समाचार, समाज, हेडलाइन
0
खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण
Share on FacebookShare on Twitter

खोटाङ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताए ।

एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासी समेत रहनुभएकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ । उनले भने , म काठ्माण्डौकी छोरी, मेरो कर्म जिल्ला हो यो ठाउँ, अहिले युकेमा बसेर पनि हामीले नागरिकका लागि हर सहयोग गरिरहेका छौँ । यहाँका नागरिकले सद्भाव जनाइरहनुभएको छ । हाम्रो तर्फबाट यहाँका हरेक विषयमा सहयोग रहने छ । त्यसमाथि सरकारको पनि सहभागिता रहेकोले हामी उत्साहित बनेका छौँ ।

गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताए । हामी जनप्रतिनिधि भएपछि धेरै कामहरू गरिरहेका छौँ, यस्ता सङ्घ संस्थाको समेत सहयोग जुट्यो भने यो विकट ठाउँ सुगम बन्ने छ । उनले भने ।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागु भएपछि प्रदेश सरकार गाँउ ठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताए। फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने उनले बताएका छन् ।

विकासका काममा सबै जुटौँ मन्त्री: कार्की
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले विकासका काममा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । हामी नेतालाई भ्रष्टाचारी भन्दै गाली गछौं, तर हामी आफै पनि विचार गरौँ त, विकासका नाममा एक ट्याक्टर ढुङ्गा आए पनि हामी आफै राख्न खोज्छौँ, अनि हामी चैँ भ्रष्टाचारी हैन र ?  उनले आफ्नो ठाउँको विकासका लागि आफै जुटेमा दुर्गम गाउँ सुगम बन्ने बताए । यसका लागि सरकार हातेमालो गर्न तयार छ । सरकार त्यसै पनि जनताको सेवक हो । उनले भने, अहिले सबै अधिकार प्रदेशकहाँ अझैँ आई नसकेकाले समस्या भइरहेको छ ।

कार्यक्रमको सभापतित्व वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र बहादुर गुरुङले गरेका थिए भने, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरि, वासपानी स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी कार्की सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

https://www.facebook.com/254097252144224/videos/1546395242408049/?__cft__[0]=AZXI3Jg5F7JMqN-cVySYvguFHw_8WJ4KvZCwdavbG8hdoe1nXJI9xHPLo-5uKEDzcY7eI-TLtMZerLSIAzZMubcxJxY-oyN5jo2GX2A_4D9v6KNVCDtui4kyV7c7MhkVN40yGTvN5K7UAL6K6oLixgvQBmwShVa9d5uyBZhLzq4wpraYE6joAZbW2i0EZh_nP8Q&__tn__=%2CO-R

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकेपिलासगढी गाउँपालिकाखोटाङ
ShareTweetPin
Previous Post

बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ: मुख्यमन्त्री राई

Next Post

घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट

Next Post
घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट

घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.