रामधुनी । हाम्रो सुनिश्चित भबिस्य नेपालले बेलबारी नगरपालिकामा अपाङ्गता रहेका व्यक्तिहरुलाई अपाङ्गता साहयक सामग्री वितरण गरेको छ ।
मंगलबार बोधिस्वत्व बिहार काठमाडौको सहयोग , राष्ट्रिय अपांग कोष काठमाडौं भृकुटी मण्डप काठमाडौ र बेलबारी नगरपालिकाको प्राबिधिक सहयोगमा नगरपालिका भित्र बसोबास गर्दै आएका १२ जना अपाङ्गता रहेका व्यक्तिहरुलाई अपाङ्गता साहयक सामग्री वितरण गरेको हो ।
बेलबारी नगरपालिका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उपप्रमुख ढाका कुमारी पराजुलीको उपस्थितीमा अपाङ्गता भएका व्यक्तिहरुको घर घरमै गएर सामाग्रीवितरण गरेको हाम्रो सुनिश्चित भबिस्य नेपालकी अध्यक्ष सञ्जु सेवेदीले जानकारी दिईन् ।
गत असोज ३१ गते देखि कर्तिक २ गते सम्म हाम्रो सुनिश्चित भबिष्य नेपालले बेलबारी नगरपालिकाको आर्थिक सहयोग, समाजकल्याण मन्त्रालय अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषको प्राबिधिक सहयोगमा फिजियोथेरापिष्ट डा साजन मानन्धर र ह्विलचियर टेक्निसियन रामहरी लम्सालको प्रत्यक्ष उपस्तिथिमा घर दैलो शिविरको आयोजना गर्दै अपांगता भएका ब्याक्तीहरुको सामस्या पहिचान गरेको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।शिविरमा अपाङ्गगता भएका व्यक्तिहरुको नाप लिई सोही अनुसार मंगलबार साहयक सामग्री संस्थाले बितरण गरेको उनले जानकारी दिईन् ।
यस अघि हाम्रो सुनिश्चित भबिस्य नेपाल संस्थाले विभिन्न सचेतना मुलक कार्यक्रम सन्चालन गर्नु को साथै खाद्यन्न सहयोग , लत्ताकपडा , आर्थिक उन्नतिको लागि व्यवसाय सन्चालन , कोभीड महामारीको समयमा अफ्ठ्यारो मा परेका व्यक्तिहरुलार्य सहयोग र स्वस्थ्य सामग्री बितरण जस्ता काम हरु समेत गरिसकेको छ ।
याेपनि पढ्नुहाेस् ।

















