रामधुनी । कलाकार दिपक आचार्य (काकु) ले आफ्नी आमा गिता आचार्य सहित ग्रामीण भेगका विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण वितरण गरेका छन् ।

आचार्यले बोधिसत्त्व विहारले उपलब्ध गराएको करिब २५ लाख बराबरको स्वास्थ्य सामाग्री हाम्रो सुनिश्चित भविष्य नेपाल र महालक्ष्मी टिमको समन्वयमा विभिन्न स्थानमा वितरण गरेका हुन् ।No description available.अक्सिजनको अभावमा अकालमा कसैकोपनि ज्यान नजाओस् भनेर अक्सिजन मेसिन, लगायतका स्वास्थ्य सामग्री लिएर मोरङ र आफ्नो गृह नगर धनकुटाका १३ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गर्ने उद्देश्यका साथ निस्किएका दिपक आचार्य (काकु) ले आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका, मोरङको सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका र  तेह्रथुमको छथर जोरपाटी गाउँपालिकाका ४ वटा गरी जम्मा ७ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

No description available.

त्यस्तै आचार्यले सोमबार धनकुटाको महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका र जिल्ला अस्पताल धनकुटामा गरी जम्मा ६ वटा स्थानमा स्वास्थ्य सामग्री वितरण गर्ने बताए ।  कोरोना महामारीबाट जोगिनकालागी आचार्यले सोमबार नै धनकुटा, भेडेटार, सिदुवा र हिलेमा मास्क बैङ्क स्थापना गर्ने समेत  बताएका छन् । No description available.

यस्तो विषम परिस्थितिमा छोरा संगै विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्न पाउँदा आफूलाई निकै खुसी लागेको आमा गिता आचार्यले बताइन् । स्वास्थ्य सामाग्री वितरण कार्यमा धनकुटाका समाजसेवी  सुन्दर बाबु श्रेष्ठले पनि साथ दिएका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here