No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल बारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री बिच छलफल

फलैचा न्यूज by फलैचा न्यूज
माघ २२, २०७८
in अर्थ, प्रदेश, समाचार, हेडलाइन
0
सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल बारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्री बिच छलफल
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की बिच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीबिच शुक्रबार भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको करिडोर निर्माणको विषयमा छलफल भएको मन्त्री कार्कीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धसहितको करिडोर निर्माण गर्नुपर्नेमा मन्त्री कार्कीको जोड छ ।

यस्तै छलफलमा गत पौष २२ गतेदेखि नै रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण रहेको मीरगंज पुलको विकल्प खोज्न मन्त्री कार्कीले आग्रह गरेका छन् । पुल भासिएपछि रानी नाकाबाट मालवाहक साधनबाट आयात–निर्यात नै रोकिएको छ । कुराकानीका क्रममा मन्त्री कार्कीले समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरी आयात निर्यातमा सहयोग गरिदिन आग्रह गरेका छन्।

कार्कीले भने,“हरेक वर्ष पुल भासिने र ठुला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठुलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरिनु पर्दछ ।”

सचिवालयका अनुसार मन्त्री कार्कीले दुवै प्रदेशमा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतको बिहारसंग जोडिएको सीमा नाकामा सुरक्षालाई व्यवस्थित बनाउने, दुई प्रदेशको सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउने विषयमा पनि सकारात्मक छलफल भएको छ । खुल्ला सीमा नाकाका कारण दुई प्रदेशको आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहेको भन्दै यसलाई व्यवस्थित बनाउन दुवै तर्फका सुरक्षा निकायलाई सजक गराइने मन्त्री कार्कीले जानकारी दिए।

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकेसलिया करिडोरबिहारका उपमुख्यमन्त्री प्रसादभारतको मीरगंजसिंघीया
ShareTweetPin
Previous Post

पूर्व मुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

Next Post

फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई मन्त्री कार्कीको निर्देशन

Next Post
फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई मन्त्री कार्कीको निर्देशन

फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई मन्त्री कार्कीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.