No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन, सीमा शुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका

फलैचा न्यूज by फलैचा न्यूज
माघ १८, २०७८
in प्रदेश, समाचार, हेडलाइन
0
झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन, सीमा शुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका
Share on FacebookShare on Twitter

भापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए । सशस्त्र प्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाका लागि तल्लीन हुनुपर्नेमा उनले जोड दिएका छन् । बजेटको सिमाले भ्याएसम्म सरकार विकासका काममा लागिरहने राईले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताएका छन् । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भई काम गर्ने बताए । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बताएका छन् । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ । ‘सीमा शुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’ उनले भने ।

कार्यक्रममा नं १ बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारी तल्लीन भएर सशस्त्र प्रहरीले गरिरहेको बताए । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामा पाएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमा कुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags: ‘बिओपी’को उद्धघाटनआन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकचनकवल गाउँपालिकाबिओपीमुख्यमन्त्री राजेन्द्र कुमार राई
ShareTweetPin
Previous Post

डा.अबुलले दिए सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल

Next Post

जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

Next Post
जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.