No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

डा.अबुलले दिए सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल

फलैचा न्यूज by फलैचा न्यूज
माघ १७, २०७८
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
डा.अबुलले दिए सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गरेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् । काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष अन्सारीले भने,’ यो ट्याबलेटले मानवलाई कोरोनाको कहरबाट ठुलो राहत मिल्छ । देशभर अभाव भएको बेला यसरी सहजै निःशुल्क रुपमा उपलब्ध गराएको छ । हरिनगर बासीलाई उपचारमा सहयोग पुग्छ,’ उनले भने । निःशुल्क सिटामोल हस्तान्तरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले कोभिड–१९ महामारीको बेला र सिटामोल अभाव भएको समयमा भोक्राहा नरसिंह गाउँपालिकाको जनताको हकहित र सेवा गर्ने उद्देश्यको साथ सिटामोल उपलब्ध गरिदिएकामा युवा नेता अन्सारीलाई धन्यवाद दिएका थिए ।

यसैगरी निःशुल्क सिटामोल हस्तान्तरण गर्दै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अभावको बेला निःशुल्क सिटामोल उपलब्ध गराइएकोमा धन्यवाद दिएका थिए । उनले भने,’ नेपाली कांग्रेसका युवा नेता तथा अयान हेल्थ केयर प्रालिका अध्यक्ष डाक्टर अबुल हुसैन अन्सारी धन्यवादका पात्र हुन् । उनले कोशीमा मात्रै हैन देशभर राम्रो काम गर्नुभएको छ । देशभर सिटामोल अभाव भएको बेलामा देशैभर उपलब्ध गराउदै हुनुहुन्छ । त्यस कारण धन्यवादको पात्रपनि हुन् । उनले थपे,’ यो सिटामोलले अतिनै महत्त्व राख्छ । यदि मुलुक भरमा यो उपलब्ध गराएको सिटामेल खाएर एकजना पनि बाच्छ भने त्यसको रिटर्निङ आउछ । त्यस कारण यस गाउँपालिकालाई ३५ सय सिटामोल उपलब्ध गराउनु भएकोले गाउँपालिकाको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्दछु,’ उनले भने ।

यस्तै बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत बिरेन्द्र यादवले बराहक्षेत्र नगरबासीलाई सिटामोलको अभाव नहोस् भन्ने उद्देश्यले सिटामोल उपलब्ध गराएकोले यस्तो कार्यको प्रसंशा गर्दै सो हेल्थ केयरका अध्यक्ष तथा युवा नेता अबुल हुसैन अन्सारी तथा उपस्थित सम्पुर्ण प्रतिनिधिलाई धन्यवाद दिएका थिए । इनरुवा नगरपालिकाका स्वास्थ्य प्रमुख निखिल पोखरेलले इनरुवा क्षेत्रमा कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई सिटामोलले उपचारमा सहयोग पुग्ने बताउदै अयान हेल्थ केयर र अनमोल हेल्थ कम्पनीको प्रगतिको कामना गर्दै अन्सारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

निःशुल्क सिटामोल हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हाजी इसराईल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का अध्यक्ष हारुन अन्सारी, अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा।लि। का प्रतिनिधि ताविल अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ का सचिब नईम अन्सारी, नेपाली कांग्रेस सुनसरीका युवा नेता आरिफ हुसैन, पत्रकार टोमराज मेहता, अजमल अन्सारीलगायतको नेतृत्वमा हस्तान्तरण गरेको थियो ।

नेता अन्सारी हाल काठमाडौंमा बसोबास गर्दै आएको र जिल्लामा सिटामोलको अभाव रहेको खबर पाएपछि राजनीतिकमा सक्रिय तथा ओैषधी व्यवसायी समेत रहेका सुनसरीको भोक्राहा नरसिंह–४ स्थायी घर भएका अन्सारीले गृह जिल्लाका सो पालिकाहरुलाई २१ हजार ट्याबलेट सिटामोल हस्तान्तरण गरेका हुन् । नेता अन्सारीले सुनसरीमा बाकी रहेका इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका, देवानगंज गाउँपालिका, गढी गाउँपालिका लगायतका अन्य पालिकाहरुको लागि पठाउने तयारी भइरहेको बताउदै पठाउन साथ हाम्रा सहकर्मी टिमले सो पालिकाहरुमा पनि हस्तान्तरण गर्ने बताए ।

काठमाडौं स्थित औषधी व्यवस्था विभाग अगाडी गत बुधबारदेखि तीन जना डाक्टरको टिम राखेर सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्दै आएको , इच्छुक सर्वसाधारण जो कोही त्यहाँ गएर सामान्य चेकजाँच गराउन सक्ने र आवश्यकता अनुसार उनीहरुलाई सिटामोल उपलब्ध गराइ रहेको युवा नेता अन्सारीले बताए ।

युवा नेता अन्सारीका अनुसार हाललाई पाँचलाख ट्याब्लेट पारासिटामोल वितरण गर्ने योजना रहेको छ । नेता अन्सारीले सर्वसाधारणहरुको चेकजाँच गरि समाजसेवा गर्ने भावनाले निःशुल्क औषधी वितरण गर्ने अभियान सुरु गरेको हो ।
देशमा पारासिटामोल अभाव भएको समाचार विभिन्न मिडियामा आएपछि नेता अन्सारीले निःशुल्क वितरण अभियान स्वरुप देशव्यापी सुरु गरेका छन् । उनले अभाव रहेको अन्य जिल्लामा पठाउने तयारी भइरहेको बताए ।

ShareTweetPin
Previous Post

ब्याडमिन्टन स्टार प्रिन्स बन्जरा एग्रोकाे ब्राण्ड एम्बेस्डरमा

Next Post

झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन, सीमा शुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका

Next Post
झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन, सीमा शुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका

झापामा नवनिर्मित ‘बिओपी’को उद्धघाटन, सीमा शुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.