इटहरी । स्कुटर चोरी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी २० तरहराका जीतबहादुर राई र सोही स्थानका दिनेश दर्नाल रहेका छन् ।
उनीहरूले पौष २८ गते राति १ बजेको समयमा इटहरी १९ सूर्य टोल बस्ने मदिका राईको घरबाट प्र १–०२–०४३ प ८६९९ नम्बरको स्कुटर चोरी गरेका थिए ।
खोजी गर्ने क्रममा बिहीबार राति साढे ८ बजे चोरीको स्कुटरसहित पटेरुवाबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

