इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा शुभद्रा प्याकुरेल चयन भएकी छिन् । सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्याकुरेल चयन भएकी हुन् ।
त्यस्तै उपाध्यक्षमा विकास चाम्लिङ र विमला राई, सचिवमा दिनेश गजमेर, सहसचिवमा केदार बस्नेत र वसन्त राई, कोषाध्यक्षमा कृष्ण वहाव र सदस्यहरुमा त्रिलोचन पौडेल, अजमान अन्सारी, विकल पौडेल, सिर्जना नेपाल, सीमा बस्नेत, रामकृष्ण खड्का, रुद्रराज कट्टेल, विजय राई, सन्जु राई, सरिता शर्मा, मोहम्मद वासुरिद्धिन अन्सारी, बासिक अली सिद्धिकी, डम्बर कार्की, जीवन विष्ट, सिंहबहादुर मादेन, नरेन कुलुङ, प्रकाश तिम्सिना सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि, गोपाल कार्की सिर्जनशिल पत्रकारिता पुरस्कारबाट फोनिज सुनसरीका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार प्रदीप मेन्याङ्बो र गोपाल कार्की उदयिमान पत्रकारिता पुरस्कारबाट कृष्ण भट्टराई (बाहब) पुरस्कृत भएका थिए ।

















