सुन्दरहरैंचा । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस सुन्दरहरैँचा ४ स्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्गले अधिवेशनमा आन्तरीक प्रतिष्पर्धा गरे पनि अव कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला भएको बताए ।
कांग्रेसमा तुस बोक्ने सँस्कार रहेको भन्दै सभापति तामाङ्गले तुसका कारण आँफैले हार ब्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् । कांग्रेससँग ठुलो जतमत भएतापनि तुसका कारण कमजोर बन्नुपरेको औँल्याउँदै सभापति तामाङ्गले तुस नबोक्न नेता कार्यकतासँग आग्रह गरे ।
आगामी स्थानीय निर्वाचनका लागि टिकटको लागि अस्वस्थ्य प्रतिष्पर्धा नगर्न आग्रह गर्दै जसले टिकट ल्याएपनि टिकट पाएपनि कांग्रेसले जित्ने दाबी गर्दै उनले टिकटकै लागि लागि नेतृत्वको ढोका नढक्ढक्याउन आग्रह गरेका छन् । टिकट वितरण गर्दा सक्षम अनि वडामा बसेर पार्टी बलियो बनाउनेले प्राथमिकता पाउने उनको भनाई छ ।
आफुले अव क्षेत्रीय समितिमा सदस्यहरु मनोनित गर्दा भुगोल, बरिष्ठता अनि पार्टीमा योगदान र्पुयाएकाहरुलाई समेट्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

















