No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रहरी एसपीले मलाई गोली हान्ने धम्की दिए: कांग्रेस नेता यादव

फलैचा न्यूज by फलैचा न्यूज
पुस १९, २०७८
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
प्रहरी एसपीले मलाई गोली हान्ने धम्की दिए: कांग्रेस नेता यादव
Share on FacebookShare on Twitter

सिरहा। सिरहा जिल्लाका कांग्रेस सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको बताएका छन्र ।

सोमबार एक विज्ञप्ति जारी गर्दै यादवले मादक पदार्थ सेवन गरी आइतबार राति १स्२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् ।

‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘तत्कालै नजिकको प्रहरी चौकीहरूबाट आएका प्रहरी प्रशासनले उक्त आक्रमण प्रयासलाई विफल गराउँदै घर अगाडीबाट एसपी पाण्डेलाई गाडीमा लगेका थिए ।’

आइतबार मध्यान्ह प्रहरीको धम्कीप्रति विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाइल खण्ड एक घण्टासम्म अवरोध गरेका थिए ।
उनीहरूले टायर बालेर राजमार्गमा अवरोध पुर्‍याएका थिए । कांग्रेस सिरहाले विज्ञप्ति जारी गरी प्रहरी प्रमुख जस्तो व्यक्तिको गैरजिम्मेवार व्यवहार र ज्यानै मार्ने किसिमले गरेको घटनाको भर्त्सना गर्दै तत्कालीन प्रहरी प्रमुख एसपी पाण्डेलाई अबिलम्व कारबाहीको माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले एसपी हिरा बहादुर पाण्डे सोमबार बिहानै रमाना लिएर काठामाडौं गइसकेकाले यसबारे आफूले केही भन्न नसक्ने बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले घटनाको बारेमा प्रहरी मूख्यालयबाटै छानबिन भइरहेकाले यसबारेमा आफूलाई थाहा नभएको बताएका छन् । घटनाको बारेमा बुझ्न प्रदेश २ प्रहरी कार्यालयका डिआइजी उमेश रन्जितकार सोमबार यादवको जिरोमाइलस्थित घरमा पुगेका थिए ।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सरुवा भई जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

Tags: कांग्रेस सभापति रामचन्द्र यादवप्रहरी एसपीसिरहा जिल्ला
ShareTweetPin
Previous Post

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

Next Post

गोधुली र न्यू स्टार क्लब ए डिभिजन लिगको सेमिफाइनलमा, एलेभेन एरोज र गोल्डेनस्टार बाहिरिए

Next Post
गोधुली र न्यू स्टार क्लब ए डिभिजन लिगको सेमिफाइनलमा, एलेभेन एरोज र गोल्डेनस्टार बाहिरिए

गोधुली र न्यू स्टार क्लब ए डिभिजन लिगको सेमिफाइनलमा, एलेभेन एरोज र गोल्डेनस्टार बाहिरिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.