No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राठी केबल पुर्वान्चल लिटिल स्टारको ताज आकृतीलाई

फलैचा न्यूज by फलैचा न्यूज
पुस १८, २०७८
in मनाेरञ्जन, समाचार, स्थानीय
0
राठी केबल पुर्वान्चल लिटिल स्टारको ताज आकृतीलाई
Share on FacebookShare on Twitter

इटहरी। साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुती र ओजस फिल्मस प्रालीको आयोजनामा भएको राठी केबल पुर्वान्चल लिटिल स्टार तेस्रो संस्करणको ताज बिर्तामोडकि आकृती खरेलले जितेकी छन् ।

खरेलले बिजेताको ताजसंगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै फर्स्ट रनरअप सलुजा शाह र सेकेन्ड रनरअप सगुन थापा भएकी छन् । शाह र थापा पनि बिर्तामोडकै हुन् भने सलुजाले २१ हजार नगद, ट्रफी, प्रमाणपत्र र सगुनले १५ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । यो संगै अफिसियल म्युजिक भिडियोमा फिचर्ड तथा आयोजक कम्पनीले निर्माण गर्ने ठूलो पर्दाको चलचित्रमा अभिनयको मौका पाउने भएका छन् ।

प्रदेश १ मा आयोजना गरिएको फरक र बृहत् कन्सेप्टमा बालबालिका केन्द्रित यो सौन्दर्य प्रतियोगितामा धरान, बिराटनगर र बिर्तामोडका बालबालिकाहरु सहभागी भएका थिए । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका थिए । ग्राण्ड फिनाले कार्यक्रम गत १० गते नै भएको थियो । तर, कार्यक्रम चल्दै गर्दा केही अभिभावकहरुको असन्तुष्टिपछि कार्यक्रम सम्पन्न हुन सकेको थिएन । कार्यक्रम रोकिएपछि अभिभावकहरु संग आन्तरिक छलफलपश्चात् यहि १५ गते ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको आयोजक कम्पनिका प्रबन्ध निर्देशक साइमन राजबंशीले जानकारी गराए । प्रतियोगिताको धरानमा पौष १ गते, बिर्तामोडमा पौष ३ गते र बिराटनगरमा पौष ५ गते सेमिफाइनल भएको थियो ।

सहभागीहरुलाई सम्बन्धित ठाउमै १५ दिनको ज्ञान वृद्धि तथा र्याम्प वाल्कको कक्षा सन्चालन गरिएको थियो । धरानबाट ६, बिराटनगरबाट १२ र बिर्तामोडबाट ११ जनाले फाईनल चरणमा प्रवेश पाएका थिए । धरानबाट पृशा श्रेष्ठ, सायन राई, मेनुका परियार, श्रुति श्रेष्ठ, प्रजु राउत र आरध्या भट्टराई छनौट भएका थिए भने बिराटनगरबाट जेनिशा थापा, सिवानी तामाङ, समृद्धि रायमाझी, अन्विशा न्यौपाने, संयोग सुवेदी, यसिका भगत, प्रीकाशा श्रेष्ठ, रोजिना सरदार, काब्या कर्ण, उत्सव गुप्ता, वर्षा शर्मा र प्राथाना नेपाल छनौट भएका थिए । त्यस्तै बिर्तामोडबाट आकृती खरेल, संयोग न्यौपाने, बेदिता राजबंशी, सलुजा शाह, अनुशा सिटौला, सगुन थापा, कृषिका सिटौला, आयुष्का राई, सिनोल श्री श्रेष्ठ, दृष्टि धिमाल, आरध्या बुढाथोकी ग्राण्ड फिनालेको लागि छनौट भएका थिए । तीन चरणमा भएको तेश्रो संस्करणको अडिसनमा प्रदेश १ भरिबाट ५०० को हाराहारीमा बालबालिकाहरुले अडिसन दिएका थिए ।

ग्राण्ड फिनाले कार्यक्रम झापा चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भएको थियो । ग्राण्ड फिनालेमा लोकप्रिय बालगायक प्रीतम आचार्यको पनि उपस्थिति रहेको थियो । उनले यो शोको अफिसियल गीत र अन्य गीतहरु समेत गाएर मनोरञ्जन प्रदान गरेका थिए । आयोजक कम्पनीले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीतको भिडियो छायांकन समेत गरेको छ । छायांकन भएको भिडियोको गीतमा भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा गएर तहल्का पिटेर चर्चित भएका बालगायक प्रीतम आचार्यले स्वर दिएका छन् । उनलाई स्वरमा अस्मिता कार्कीले साथ् दिएकी छन् । उनी पुर्वाञ्चल लिटिल स्टार दोश्रो संस्करणको सहभागी हुन् । छायांकन भएको सो म्युजिक भिडियोलाई इण्डियाको चर्चित युट्युब च्यानल ‘टि(सिरिज’बाट सार्बजनिक गरिने छ ।

राजबंशीका अनुसार ३० प्रतिशत छायांकनको काम सम्पन्न भएको छ । अब बाँकी ७० प्रतिशत छायांकन भने दार्जिलिङमा गरिदैछ । जसको लागि माघ १ गते टिम दार्जिलिङ जाने तयारीमा छ । सो भिडियोमा पुर्वान्चल लिटिल स्टार दोश्रो संस्कारणकी बिजेता रोजिका सिटौला र सार्थक चौधरीको पनि विशेष भुमिका रहने छ । आयोजकको अनुसार यो कार्यक्रममा सहभागी सम्पुर्णले निर्माण तयारिमा रहेको ‘प्रधान द लिडर’ चलचित्रमा अभिनयको मौका पाउनेछन् । जुन चलचित्र यहि कार्यक्रम आयोजक कम्पनी साईमन फिल्म्स एण्ड इण्टरटेन्मेण्टको ब्यानरमा निर्माण हुँदैछ । विग बजेटमा निर्माण गर्न लागिएको चलचित्र ‘प्रधान द लिडर’ नेपाली, हिन्दी, राजबंशी र भोजपुरी गरि ४ भाषामा तयार हुँदै छन् । यस चलचित्रका लागि नेपालि अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका बरिष्ठ कलाकार अन्नु कपुर लगायतको समेत अभिनय रहने आयोजकले जनाएको छ ।

Tags: इटहरीबिर्तामोडराठी केबल पुर्वान्चल लिटिल स्टार
ShareTweetPin
Previous Post

कोशी अस्पताललाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

Next Post

ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी

Next Post
ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी

ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.