चिसापानी । खोटाङको जन्तेढुंगा गाउपालिका ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । मुटुमा समस्या भई काठमाण्डौमा उपचाररत श्रेष्ठलाइ गत शनिबार आफ्नै निवासमा ल्याइएको थियो ।
उनको गए राती १२:०५ मा आफ्नै निवास चिसापानीमा निधन भएको नेपाली काङ्ग्रेस जन्तेढुंगा गाउपालिका सभापति बाजिन्द्र बिष्टले जानकारी दिएका छ्न ।
नेपाली कांग्रेस खोटाङका पुर्व महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठको निधनले खोटाङ कांग्रेसलाई अपुरणिय क्षती भएको उनले बताए । उनका अनुसार श्रेष्ठ विकासप्रेमी नेता मानिन्छन् ।
बिष्टका अनुसार आज बिहान ९:०० बजे अन्तिम दाहसंस्कारका लागि भानुमती लगिने परिवार श्रोतले बताएको छ ।
नेपाली काङ्ग्रेसमा उनको राजनीति यात्रा
चिसापानी गाविस अध्यक्ष २०४९,
नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति २०५७,
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य २०६२,
महाधिवेशन प्रतिनिधि २०६७र०७२
हाल जन्तेढुङ्गा गापा ५ का वडाध्यक्ष

















