भेडेटार । प्रदेश नम्बर १ को सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय बजार हो भेडेटार । पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात रहेको भेडेटारमा नवौ भेडेटार फुडफेस्टिवल हुने हुनेभएको छ ।
सोमबार होटल एशोसिएसन भडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै नवौ भेडेटार फुडफेस्टिवल आगामी पौष १६ गतेदेखी १८ गते सम्म अंग्रेजी नयाँ वर्षको अवशरमा गर्न लागेको जानकारी दिएको हो । गत बर्ष कोभिड १९ का कारण हुन नसकेपनी यस बर्ष भने तीन दिने फुडफेस्टिवल आयोजना गर्न लागेको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पत्रकार सम्मेलनमा जानकारी दिए।
फेस्टिवलका लागी भेडेटार चौक देखी काम्फेक थुम्की , नाम्जे र नमस्ते झरना सम्मलाई स्थान तोकिएको आयोजकले जनाएको छ । भेडेटार क्षेत्रको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन , होटल व्यवसाय ,होमस्टे साथै अन्य व्यापार व्यवसाय, कृषि , सांस्कृतिक र शिक्षा क्षेत्र को प्रवर्दनमा टेवा पुग्ने उद्देश्य सहित फेस्टिवलको आयोजना गर्न लागिएको अध्यक्ष रुम्दाली बताए ।
१० देखी १५ वटा सम्म स्टल रहने फेस्टिवलमा एक करोड सम्मको कारोवार हुने आयोजकको अनुमान छ । फेष्टिवलमा आउने पर्यटकहरुको लागि , शैलुङ डाडा , पाथिभरा देवीमन्दिर , भेडेटार पार्क , पिकनिक स्पट , आत्म घर , सुर्योदय बुद्द पार्क , नमस्ते झरना , सायोक यक , थुम्की होमस्टे , ओख्रे भ्यु टावर ,ध्वजे डाडा , अजङ्गको बरको रुख , र आदिवासी पार्क भ्रमण गराईने अयोजकले जनाएको छ ।
यी पर्यटकिय स्थल बाहेक फेस्टिबलमा साइकिलिङ , प्याराग्लाइडिङ् , हेलिकप्टर , जिपलाइनपनी बिशेष रहने छ । फेष्टिवल अवधीभर प्याराग्लाइडिङ ,माउन्टेन हेलिकप्टरमा ५ प्रतिशत र जिपलाइनमा १५ प्रतिशत छुट रहेको रहेको अध्यक्ष रुम्दालीले जानकारी दिए। त्यस्तै फेस्टिवलभर भेडेटारका होटल तथा लजहरुले पर्यटकहरुलाई विषेश छुट दिने पत्रकार सम्मेलनमा जानकारी गरइएको थियो ।
फेस्टिवलमा स्थानिय जातिय खानेकुरा, फलफुल , हस्तकला ,सांस्कृतिक झाकीहरु प्रदर्शनीका साथै स्थानिय तथा चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । NEST भेडेटार , भेडेटार आमा समुह ,पाथिभरा क्लव , लायन्स क्लब अफ पाथिभरा सह आयोजक रहेको नवौ फुडफेस्टिवलमा गोर्खा ब्रुअरी मुख्य प्रायोजक ,प्रिनेस वाइन , बराह ग्रुप, भेडेटार शाखा सह प्रायोजक र सागुरीगढी गाउपालिका सहयोगी रहेको छ ।


















