धरान । सञ्चारकर्मी तथा गायक प्रमोद पोर्तेलकाे ‘कोल्टे जिन्दगी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मंगलबार धरान स्थित बराह सपिङ्ग महलको सभाहलमा एक कार्यक्रमका बिच गायक प्रमोद पोर्तेलतो कोल्टे जिन्दगी सार्वजनिक भएकाे हो ।
सार्वजनिक म्युजिक भिडियोलाई सुल्तान इधिङ्गोले सम्पादन तथा निर्देशन गरेका हुन् ।म्युजिक भिडियोमा गायक प्रोर्तेलका साथममा प्रज्ञा भण्डारीलाई देख्न सकिन्छ । यसअघि प्रमोदले फर्कि आउँछु, चन्द्र–सूर्य जस्ता म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

















