No Result
View All Result
Saturday, December 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै

फलैचा न्यूज by फलैचा न्यूज
पुस ६, २०७८
in समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै
Share on FacebookShare on Twitter

बिर्तामोड । झापाको बिर्तामोडमा अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुस १० गते शनिवार शिविरको आयोजना गरेको हो । शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्दै प्रजनन् अवस्था सम्बन्धी जानकारी दिने र सम्भाबित उपचार विधिबारे जानकारी गराउने बताइएको छ । निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच पछि आईभीएफ नै गर्नुपर्ने भएमा समेत सेवा प्रदान गरिने बताइएको छ ।

डा भारती प्रजनन् विज्ञ भएकाले निःशन्तान दम्पत्तिलाई झापाबाटै सेवा लिन निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिककी सञ्चालक निशा गुप्ताले आग्रह गरेकी छिन् ।

निःसन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै झापा सहित देशका विभिन्न शहर पोखरा, नेपालगंज र जनकपुरमा समेत शिविरको आयोजना गरिएको बताइएको छ । प्रजनन् उपचार विधिमा वात्सल्य नेचुरल आईभीएफले यस अघि आयोजना गरेका शिविरबाट आईभीएफ सफलता दर सत्तरी प्रतिशतसम्म हासिल गर्न सफल भएको वात्सल्य नेचुरलको तथ्याङ्कमा उल्लेख छ ।

के हो आइभीएफ ?
प्रजनन् विज्ञ डा भारतीका अनुसार यौन सम्पर्कका बेला पुरुषको शुक्रकिट महिलाको डिम्बसंग निषेचित हुन्छ र गर्भशयमा गएर स्थापित हुँदा गर्भ बस्छ । यसरी प्राकृतिक रुपमा गर्भधारण हुन नसक्ने अबस्थामा कृतिम विधि अपनाइन्छ । जस अन्तरगत महिलाहरुबाट निकालिएको डिम्ब र पुरुषबाट निकालिएको शुक्रकिटलाई बाह्यरुपमा निषेचित गराइन्छ । यस निषेचितको कृतिम प्रक्रियालाई नै आइभीएफ वा टेस्ट ट्य्व वेवी भनिन्छ ।

कसरी गरिन्छ आइभीएफ ?
आइभीएफ शल्यक्रिया बिना नै उपचार गर्न सकिने बताइएको छ । प्रजनन् विज्ञ डा भारतीका अनुसार महिलाहरुको महिनावारीको चक्रसंगै यो विधिको शुरुवात हुन्छ । महिलाको डिम्वको उत्पादन सामान्यभन्दा बढी गराउनु र पुरुषको शुक्राणुलाई प्रभावकारी बनाउन औषधि सेवान गराइन्छ ।
विशेष विधिबाट महिलाबाट डिम्ब र पुरुषबाट शुक्रकिट संकलन गर्ने र पेट्रीडीसको मद्दतले डिम्बहरुलाई शुक्रकिटसंग निषेचित गराइने बताएको छ । निषेचित भ्रुणलाई त्यसपछि इन्क्युवेटरमा राखेर परिपक्क बनाइने गरिन्छ । यसरी परिपक्क भएको भ्रुणलाई पुनः महिलाको गर्भाशयमा स्तान्तरण गर्दै आइभीएफ गरिने बताइएको छ ।

बच्चा नहुने कारण ?
महिलामा पाठेघरमा स.क्रमण हुनु, यौनजन्य रोग हुनु र थाइराइड हुनुले समेत बच्चा नहुने बताइएको छ । त्यस्तै डिम्वासयबाट अण्डा नबस्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु र ढिलो गरी विवाह गर्नु र बढी उमेरमा पनि बच्चा नहुने सम्भावना बढी रहने डा भारतीले बताएकी छिन् ।
निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकमा मेची अञ्चल अस्पतालका वरिष्ट रेडियोलोजिष्ट डा सञ्जयकुमार गुप्ताको दैनिक सेवा रहेको र पूर्वमै पहिलो पटक फोरडी भिडियो एक्स–रे सेवा प्रदान गरिदै आएको बताइएको छ । यहाँबाट अन्य विशेषज्ञ डाक्टरहरुको समेत दैनिक सेवा र उच्चस्तरीय ल्यावको समेत समेत प्रदान गरिँदै आएको क्लिनिक सञ्चालक गुप्ताले बताइन् ।

 

Tags: आइभीएफनिशा एड्भान्सबिर्तामोडस्त्रीरोग विशेषज्ञ डा. आकृति भारती
ShareTweetPin
Previous Post

युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ

Next Post

चर्चा बटुल्दै झापाली अनुजा

Next Post
चर्चा बटुल्दै झापाली अनुजा

चर्चा बटुल्दै झापाली अनुजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.