धरान । नेपालमा सर्वाधिक बिक्री हुने बजाज ब्राण्डको मोटरसाइकल आधिकारीक विक्रेता धरानको अर्विन एण्ड ब्रर्दश अटोले एक्सचेञ्ज एण्ड अपग्रेड महामेला गर्ने भएको छ ।
बजाज प्रति ग्राहकको आकर्षणलाई मध्यनजर गर्दै अर्विन एण्ड ब्रर्दश अटोले आगामी मंसिर १२ गतेदेखि १४ गतेसम्म “बजाज खुसी को ३ डोज” महामेला गर्न लागेको हो ।महामेला आफ्नै शो रुममा धरान ८ भोटेपुल स्थित आयोजना गर्न लागेको सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले जानकारी दिए ।

मेलामा पुरानो मोटरसाइकलको अधिक मुल्यांकन तथा बजार मुल्यभन्दा १० हजार थप मल्यांकन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुने निर्दशक तामाङले जानकारी दिए ।
प्रत्येक महिना देशभरबाट बम्पर उपहार मार्फत खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एक जनाले १० हजारदेखि १० लाखसम्म नगद जित्न सक्ने उनले जानकारी दिए । मेला अवधिभर प्रत्येक मोटर साइकलको खरिदमा हेल्मेट र लेगगार्ड निःशुल्क प्रदान गरिने निर्देशक तामाङले जानकारी दिए ।
ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००÷– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्ने निर्देशक तामाङले बताए ।
यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरि दिने उनले बताए ।
यसका अतिरिक्त, बजाज नेपालले ५० % डाउन पेमेन्ट मा ० % ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।

















