रामधुनी । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना हुँदा चार जनाको ज्यान मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
दुर्घटनामा ३ जना पुरुष र १ जना महिला गरी ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहीवार दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेको हो । प्रहरी जाँचमा बसमा १० जना भएको पाइए पनि बाटोमा थप मानिस पनि चढाएको हुन सक्ने प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=MHr0bS98KhY

















