इटहरी । प्रदेश १ सभाको आजको बैठक स्थगित भएको छ । आजको बैठकमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी रहेको थियो ।
उक्त प्रस्ताव संसद बैठकमा टेबल हुनै नपाई बैठक स्थगित भयो । सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित गरेको जानकारी दिँदै भोलीसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । सोही अनुसार बैठक स्थगित भएको सभामुखको भनाइ छ ।
सभामुख भण्डारीले भोली बस्ने बैठकमा विपक्षी दलको तर्फबाट सांसदहरु अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।

















