रामधुनी । कोरोना महामारीका कारण करिब २ बर्ष देखि बन्द रोजगार अनुमति प्रणाली ९ईपीएस० मंसिर देखि खुल्ने भएको छ ।
कोरोनाका कारण कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात् मंसिर दोस्रो साता देखि ईपीएसको प्रक्रिया खुला गर्न लागेको कोरियाको श्रम मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो ।
ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसंगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । नेपालबाट मात्र हरेक वर्ष ५ हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका थिए ।


















