इटहरी । इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभामा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।
एकै परिवारका ६ जनाको विभत्स ढंगले सामूहिक हत्या गर्नेमा संलग्नलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका खतिवडा घोषित भएका हुन् । त्यस्तै नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले रुद्र बहादुर खड्का समेतलाई सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

















