बक्लौरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाअधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ६ स्थित बकलौरीमा भएको अधिवेसनमा सबै पदमा आकान्क्षीहरू बीच सहमती हुन नसकेपछी केही पदका लागि निर्वाचन भएको हो ।
रामधुनी ६ को वडा सभापति लगायत मुख्य पाँच पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन। समितिका सभापतिमा आशिष श्रेष्ठ निर्वाचित भएका छन भने उपसभापति खुला तर्फ बकलौरीका सन्तोष राई निर्विरोध भएका छन ।
त्यसैगरि, महिला उपसभापतिमा निर्मला चौधरी, सचिवमा खुला तर्फ रवि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । सचिवमा समावेसी तर्फ जागेश्वर चौधरी, सह–सचिवमा पुषकर बस्नेत र दिलिप राजाधामी सर्व सम्मत निर्वाचित भएका छन ।
गत शनिवार भएको क्रियाशील सदस्यको भेलाले वडा सभापतिमा आशिष श्रेष्ठलाई सर्वसम्मत चयन गरेको थियो । १ सय १२ जना क्रियाशील सदस्य रहेको यस वडाले सर्वसम्मत सभापतिमा चयन गरेको हो ।
त्यसैगरी, सोमबार भएको निर्वाचनमा क्षेत्रिय प्रतिनिधिहरुमा खसआर्य, आदिबासी जनजाती,दलित, थारु महिला र खुल्ला तर्फको महिला सहित सातजना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । थारु र खुला क्षेत्रिय प्रतिनिधिहरु भने निर्वाचनबाट चुनिएका छन।
निर्वाचन पछि प्रतिकृया दिंदै सभापति श्रेष्ठले नेपाली काँग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । धेरै लामो समयपछि महाधिवेशन हुन गइरहेकोे बेला नेपाली काँग्रेसको वडा स्तरमा गुटबन्दी रूपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको श्रेष्ठले बताए ।


















