झापा । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए ।
दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

















