रामधुनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।
बुधबार मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका रहेको थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले राजिनामा पत्र प्रदेशसभामा समेत पठाएको छ ।
२०७४ फागुन ३ गते एमाले नेता पोखरेल पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए । विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

















