इटहरी । एमसिसी नेपाल र नेपालीको हितमा नभएको भन्दै एमसिसी सम्झौता नगर्न नेपाल बचाउ अभियानले नेपाल सरकारसंग आग्रह गरेको छ ।
बिहिबरा इटहरीमा पत्रकार सम्मेलन गर्दै अभियानले एमसिसी नेपालीको हितमा नभएको एमसिसी सम्झौता तत्काल खारेज गर्न सरकारसंग आग्रहर गरेको हो ।
एमसिसी नेपाल र नेपालीको हितमा नभएको भन्दै सम्झौता नगर्न जनमत तयार पार्न अभियानले घरघरमा पुगेर नेपाली जनतालाई जनजागरण गर्ने अभियान्ता राधेश्याम पौडेलले पत्रकार सम्मेलनमा बताए ।
एमसिसी खारेजीको माग राख्दै सरकारलाई दवाव दिन संसदहरुलाई एसएमएस गर्ने लगायतका अभियान समेत चलाउने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नरेन सुब्बा, मनमोहन दाहाल , अर्जुन आचार्य , चेवन कोइरालाले एमसिसी नेपालको हितविपरित भएको जानकारी गराएका थिए ।

















