No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कृषि संग जोडिएको थारु समुदायले मनाउने “अखारी पुजा”

फलैचा न्यूज by फलैचा न्यूज
साउन ३, २०७८
in धर्म संस्कृति, समाचार, हेडलाइन
0
कृषि संग जोडिएको थारु समुदायले मनाउने “अखारी पुजा”
Share on FacebookShare on Twitter

रामधुनी । ऐतिहासिक, पौराणिक, साँस्कृतिक रुपमा थारु समुदायले मनाउदै आएको अखारी पुजा असार महिनामा मनाउने गरिन्छ ।

तिथि अनुसार बिशेष असारको औशी पछि अखारी पुजा मनाउने चलन छन् भने असार पुर्णिमा पनि बिशेष महत्वका साथ अखारी पुजा गर्ने गरिन्छ । कसै–कसैले असार महिना चढ्ने बितिकै पुजा गर्ने गर्छन् । तथापी पनि असारको औशी पछि र पुर्णिमामा अखारी पुजा मनाउने धार्मिक मान्यता रहेको छ सो दिन शुभ मानिन्छ ।

बिशेषत आखारी पुजा डिहवार (ग्रामथान) मा मनाउने गरिन्छ । घर घरमा समेत कुल देवतालाई पान पर्सादी चढाएर अखारी मनाउने गरिन्छ । खेत रोपाई सकिए पछि धान बालिमा रोगब्याधि नलागोस, उब्जनीमा बृद्धिको कामना, अत्याधिक बर्षा संगै आउन सक्ने सम्भावित बाढीले गर्दा सर्प बिच्छिको बिगबिगिहुदा सो बाट बच्न, बर्षाले निमत्याउने हैजा रोगबाट बच्न र गाउँटोलमा अदृश्य सक्तिबाट हुन सक्ने हानिबाट सुरक्षाको कामना गर्दै अखारी पुजा गरिन्छ । परा पुर्वकाल देखिनै थारु समुदाय कृषि उपज संरक्षणकालागी अखारी पुजाको महत्व दिएकोले अखारी पुजा कृषिमा जोडिएको मानिन्छ ।

अखारी पुजामा खिर, लड्डु, फलफुल चढाउने परमपरा रहिआएको छ । ग्रामथानमा साँझबाती दियो बालेर पौराणिक लोक भाका, बाध्यबाधनमा झाईल मृदंग बजाउदै धामी खेलेर अखारी पुजाको पुर्णता दिने गरेको छ । पुजामा बोका, परेवा, अण्डा समेत चढाउने मान्यता रहेको छ । अखारी पुजामा टोलभरीका समुदाय प्रसाद ग्रहणगरी समपन्न गर्ने चलन रहेको छ ।

अखारी पुजा बिभिन्न ग्रामथानमा हुने गरेको छ । पुजा लिएका धामी डिहवार थानहरुमा यो पुजा गर्ने गरेको छ । बिच्छु धामी, सौन धामी, बौकाई धामी, जितन धामी लगायत पुजा खाएका धामी डिहवार थानमा बर्षको दुई पटक अखारी र नेमानी पुजा गर्ने प्रचलन रहेको छ ।

इटहरी वडा नं. ८ टेंग्राटोलका समुदायले बिच्छु धामी टाुलमा बिहिवार पान पर्सा चढाएर अखारी पुजा गरेको साबित्रा चौधरीले जानकारी दिइन् । रामधुनी वडा नं. १ नयाँ टोल भादगाउँमा सौन धामी ग्रामथानमा अखारी पुजागरी लगाएको बालि सुरक्षाको कामना गरेको गहदार सिताराम चौधरी जानकारी दिए । इटहरी चौकमै रहेको बिचछु धामी ग्रामथान यसैगरी थारु टोलका प्रत्येक डिहवार ग्रामथानमा अखारी पुजा मनाएको छ । आजको किसानको आवाज साप्ताहिकमा सुनिल चौधरीले लेखेका छन् ।

ShareTweetPin
Previous Post

रामधुनीमा अनुदानको कृषि सामाग्री आफन्त र आसेपासेलाई, बिपन्न किसान बन्चित

Next Post

देउवाले पाए विश्वासको मत

Next Post
देउवाले पाए विश्वासको मत

देउवाले पाए विश्वासको मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.