No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीमा अनुदानको कृषि सामाग्री आफन्त र आसेपासेलाई, बिपन्न किसान बन्चित

फलैचा न्यूज by फलैचा न्यूज
साउन ३, २०७८
in कृषि, पत्रपत्रिका, समाचार, हेडलाइन
0
रामधुनीमा करार कर्मचारीलाई पुनः सम्झौता गर्न सकिदैन :  प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपाने
Share on FacebookShare on Twitter

रामधुनी । स्थानिय सरकारको लापर्वाहीले बिपन्न किसानहरु मारमा परेका छन् । अधिया, बटिया खेती गर्ने किसानलाई अनुदानमा दिने कृषि सामाग्री लिनबाट बञ्चित हुँदा आफुहरु मारमा परेको गुनासो गरेका हुन् ।

खाध्यान्नको मुख्य बाली धान लगाउन बिउ, मल, चुना नगरपालिका र वडाकार्यालयबाट ५० प्रतिशत अनुदानमा बितरणगर्दा कहाबाट,कसरी, कहिले भयो भन्ने पत्तै पाउन सकेनौ भनेर रामधुनीका किसानहरुको भनाई छ । रामधुनी वडा नं. १ भादगाउँका किसान घुरण चौधरीले हामी बिपन्न बर्गका किसान अनुदानको सामाग्री लिन्थौँ तर सुचना सम्म नपाएको बताए ।
नगरपालिका वा वडाकार्यालयबाट कुनै पक्षबाट पनि सुचना नपाएको उन्को भनाई रहेको छ ।

जिम्मेवार ब्यक्तिलेनै आफन्त र आसेपासेको किसानहरुलाई समुह बनाउन लगाउने र अनुदानको कोटा खाने प्रबिति रहेकोले बिपन्न किसान दुःख पाउने गरेको छ । सुचना प्रवाह नगर्नु रामधुनी नगरपालिका तथा वाडा कार्यालयले लापर्वाही गरेको खेती किसानबाट जिविकोपार्जन गर्दै आएका धुरण चौधरीको भनाई रहेको छ ।

https://youtu.be/V3-sHM3AN3E

यसबर्ष धानबाली लगाउन त लगायौँ उब्जनी कस्तो हुने हो भन्दै किसान चिन्ता ब्यक्त गरेका छन् । गुणस्तरीय बिउको अभावले उमार शक्ति कम भएका गुणस्तरहिन धानको बिउबाट रोपाई गर्दा उत्पादन घटने बताएको छ । बियाडमै उम्रिएको धानको बिउ पोटिलो नहुदा उब्जनी बृद्धि हुनेमा चिन्ता ब्यक्त गरेका हुन् ।

मल खाद्य, युरिया, डिएपी, पोटास मल पनि सहज रुपमा नपाएको, मात्रा अनुसार पनि मल हाल्न नपाएका र सिचाई समयमा नदिएकोले धानबालि सप्रिने हो वा बिग्रिएर जाने हो भन्ने आसंका छ । यसमा नगरपालिका, वडा कार्यालयबाट किसान प्रति असहयोग भएकोले खेती किसान गरी जिविका चलाउन नसकिने रामधुनी नगरकै किसान देविलाल चौधरीले दावी गरेको छ ।

जग्गाको पुर्जा दिएर मात्र नगरपालिकाले अनुदान दिने भएकोले अधिया बटिया गर्ने किसान जग्गाको पुर्जा नहुदा राज्यको सुबिधाबाट बञ्चित रहेको छ । यस प्रकृयाले राज्यबाट धनि किसानकालागी मात्र योजना ल्याउने गरेको छ । कृषि औजारमा पनि धनि किसानले ५० प्रतिशत तिर्न सक्ने भएकोले उनीहरुलेनै लिएर पचाउने गरेकोे भनाई रहेको छ ।

प्रधान मन्त्रि कृषि आधुनिकीकरण परियोजनामा बोयर जातका बाख्रा, पाठी बितरण यसैगरी कृषि औजार बितरण कार्यक्रम गरेको भए पनि हामी किसान जानकारीनै नपाएको रामधुनी ४ का किसान सरस्वती चौधरीले बताइन् । चौधरी फर्म दर्ता गरेर कृषि उपज उत्पादन बिस्तारमा निरन्तर लागी परेको छ । कृषि औजार, बोयर बोका पाठी बितरणले हामीले पनि उत्पादनमा टेवा पु¥याउन सक्छौ तर आसेपासेका किसानलाई गोप्य सुचना दिएर बितरण गर्नु बिपन्न किसानहरुलाई मनोबल घटाउने काम गरेको उन्को भनाई रहेको छ ।

रामधुनी नगरपालिकाले अनुदानको कृषि औजार, बोका पाठी बितरणमा बिपन्न किसानलाई सुचना नदिएर लापर्वाही गरे–गरे कृषि सामाग्री बिक्री बितरण गर्ने झुम्का बहुउधेश्य कृषि सहकारी संस्थाको कमीकमजोरी लगायत एग्रोभेटको मनोमानीले यस बर्षको धान रोपाईमा पनि किसानहरु दुःख पाएका छन् । सहकारी समयमा नखुल्ने तथा अभाव सिर्जना गर्ने, एग्रोभेटमा मल खाद्यमा बढि मुल्य लिने गरेकोले धान रोपाई प्रभावित भएको र समयमा खेती उठाउन नसकेको हो । स्रोतका अनुसार सहकारी र बजारका कृषि सामाग्री बितरक एग्रोभेटहरुमा मिलेमतो रहेको जानकारीमा आएको छ । सहकारीबाट सरकारी दररेटमा लिएर एग्रोभेटहरुले बाहिर बढी मुल्यमा बिक्री गर्नाले साँठगाँठ सहित कमिसनको खेल रहेकोहुदा किसानहरु मारमा पर्दै आएको छ ।

यता बार्षिक रुपमा प्रत्येक नगर सभाबाट रामधुनी नगरपालिकाले मुलनारामा कृषि प्रवद्र्धनकै नीति, कार्यक्रमहरुको कुरा गर्दै आएको छ । “व्यवसायिक कृषि र उद्यम सहितको पर्यटकिय सहर, स्वस्थ्य, शुशस्कृत र प्रबिधिमा आधारित समृद्ध रामधुनी नगर” भनेर नारा दिए पनि सार्थकता देखिएको छैन् । कृषि, पशु पालन, सहकारी, पर्यटन विकास, उद्यम विकास, रोजगार समेतको नीति कार्यक्रमहरु ल्याएपनि कार्यन्वयनमा फितलो देखिदा बिपन्न किसान आर्थिक रुपले झनै कमजोर हुने भएको छ ।

कृषि क्षेत्र बिकासकालागी धान वाली पकेट क्षेत्र वडा नं. ६ र ७, मकै वालीकालागी पकेट क्षेत्र वडा नं. ८ र ९, माछाकालागी वडा नं. १,२,६,७ र ९ लाई लिएको छ भने पशुपालन वडा नं. ४,६,७,८ र ९, आर्गानिक खेतीकालागी वडा नं. २ र ३ लाई लिएको भएपनि सो अनुसार बजेट निर्धार गर्न सकेको छैन । कृषि योग्यको जमिनको सुरक्षा, जमिनको खण्डीकरण रोकी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने नीतिमा पनि भु–माफियाहरुको मिलेमतोमा नगरपालिकाले ब्यवस्थापन गर्न सकेको छैन ।
आजको किसानको आवाज साप्ताहिकमा सुनिल चौधरीले लेखेका छन् ।

ShareTweetPin
Previous Post

शिवको महिना साउन, आज लुतो फाल्ने दिन

Next Post

कृषि संग जोडिएको थारु समुदायले मनाउने “अखारी पुजा”

Next Post
कृषि संग जोडिएको थारु समुदायले मनाउने “अखारी पुजा”

कृषि संग जोडिएको थारु समुदायले मनाउने “अखारी पुजा”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.