रामधुनी । पूर्वप्रधानमन्त्री एवम् जनता समाज पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।
साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान समेत गरेका छन् । बिहिबार एक सार्वजनिक अपिल जारी गर्दै भट्टराईले सो आह्वान गरेका हुन ।
नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद भएको भट्टराईको भनाइ छ ।

















