रामधुनी । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ बाँडफाँड भएको जनाएको हो । ५ लाख ८० हजार ५०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको आइपिओ पाएका छन् ।
कम्पनीको आइपीओमा आवेदन दिएका कुल २१ लाख ८२ हजार ७७५ जनामध्ये २१ लाख १२ हजार ७९९ को आवेदन मात्र योग्य ठहरिएको कम्पनीले जनाएको छ। सोही योग्य आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको हो । कुल आवेदनमध्ये ४ हजार ८०१ जनाले दोहोरो आवेदन दिएका कारण आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
यस्तै अन्य कारणबाट ६५ हजार १७५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।
आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

















