रामधुनी । यातायात व्यवस्था विभागले असार २९ गते देखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ। हाल कायम रहेको मूल्यमा २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।
बुधबार विभागले एक सूचना जारी गर्दै यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढाएको हो यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरेको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको जनाएको छ।
विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर इन्धन सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्टहरुको बजार भाउ बढेको भन्दै मूल्य समायोजन गरिएको विभागले जनाएको छ ।

















