मोरङ । मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको छ ।
यसैगरी केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् ।
निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

















