No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जति सकिन्छ आफ्नो आफ्नो क्षेत्रबाट गरौँ (सन्दर्भ राष्ट्रिय धान दिवसको)

फलैचा न्यूज by फलैचा न्यूज
असार १५, २०७८
in आलेख, कृषि, हेडलाइन
1
जति सकिन्छ आफ्नो आफ्नो क्षेत्रबाट गरौँ (सन्दर्भ राष्ट्रिय धान दिवसको)
Share on FacebookShare on Twitter

नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आइएको छ । पहिले पहिले का वर्षमा औपचारिक कार्यक्रम नै गरेर धान दिवस मनाउँदै आएता पनि गत साल र यो वर्ष पनि कोरोना भाइरस (कोभिड १९) महामारीका कारण औपचारिक कार्यक्रम भने कासै गरिएको देखिँदैन ।आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही चिउरा पनि खाने गर्दछन् ।

आज खाएको दही चिउराले शरीरलाई शीतलता दिई शक्ति सञ्चय हुने जन विश्वास रही आएको छ । आज बाउसे र रोपाहार बिचको हिलो छ्यापाछ्याप र असारे गीतको लयले अझ रमाइलो अनि एक आपसमा सद्भाव बढाउने गर्दछ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ । नेपाल एक कृषि प्रधान देश हो । नेपाल को कुल क्षेत्रफलको करिब ८० प्रतिशत भूभाग कृषि योग्य भूमि रहेको थियो तर अहिले अव्यवस्थित सहरीकरण तथा प्लटिङ को करणले गर्दा खेतीयोग्य भूमि कम हुँदै आइरहेको छ ।

 

हाम्रो देश कृषि प्रधान देश भएपनी खासै मानिसहरू यो पेसामा रमाउन सकिरहेका देखिदैन्न । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्त्व, पौष्टिक तत्त्व , तथा सम्पूर्ण कुरा हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौ । जस्तै स् खाध्यान दूध, माछा, मासु आदी । हाम्रो यति सानो देश कृषि क्षेत्रमा यति धेरै सम्भाव्यता भएको देश सायद विश्वमा नै एक देश होला ।

जहाँ उच्च हिमाली भेगमा पशुपालन पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ ।नेपाल ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो। कुनै समयमा विभिन्न कृषिजन्य उत्पादन भारत नियात गर्ने हाम्रो देशमा अहिले नेपालमा नै उत्पादन हुने प्रमुख खाद्य वाली जस्तै धान, मकै, कोदो, गहुँ लगायतका अन्य अन्न समेत विदेशबाट आयत हुन थालेको छ ।

यसले हाम्रो कृषिको दयनीय अवस्थालाई स्पष्ट सङ्केत गरिरहेको छ ।खेती गर्ने जमिन दिन प्रतिदिन घटिरहेको छ बढ्ने वाला छैन, माटोको उर्वराशक्ति खस्कँदो अवस्थामा छ देशको जनसङ्ख्या दिन प्रतिदिन रूपमा बढ्दो छ । काम गरेजस्तो गरेर फोटो खिचाउने सामाजिक सञ्जाल को भित्ता रङ्गाउने मानिसको पनि कमी छैन यहाँ । आज भन्दा १५र२० वर्ष अगाडी सम्म पनि आजको दिनको छुटै महत्त्व रहेको थियो गाउँ भरिका मानिस जम्मा भएर नौमती बाजा का साथ बेठिलगाएर धान रोपेको मज्जा अहिले कहाँ छ र रु अहिले त केबल गैर किसानहरूले रमाइलो गर्न, वास्तविक किसानहरूलाई आफ्नो नाटक प्रदर्शन गर्ने रूपमा मनाइरहेका छन्।

वास्तविक किसानहरूलाई भने समस्या जस्ताको त्यस्तै छ । पछिल्लो समयमा हेर्ने हो भने नेपालमा कृषिको क्षेत्रमा धेरै सकारात्मक कदम नचालिएको पनि होइन विगत केही वर्ष यता केही कृषकले यस पेसालाई आधुनिक र व्यावसायिक रूपमा लैजाने अनुकरणीय प्रयास पनि गरिरहेका त छन् । अहिले भएका यस्ता प्रयासहरूले हालको कृषि बजारमा केही मात्रामा भए पनि स्थान लिएको छ ।

केही अपवादलाई छोडेर नेपाली कृषिले अझै पनि युवा वर्गलाई आकर्षित गर्न सकेको देखिएको छैन । जसको फलस्वरूप अहिले दिनहुँ हजारौँ सङ्ख्यामा युवा रोजगारीकै खोजीमा खाडी मुलुक तथा अन्य मुलुक जान बाध्य भएका छन् । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जग्गा जमिन, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मल खाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा हरेक कृषिजन्य उत्पादनमा असर परेको विज्ञहरूको तर्क रहेको छ ।

https://youtu.be/V3-sHM3AN3E

त्यसो त अहिले कोरोना को महामारी फैलिए सङै धेरै बाझो रहेका खेतहरू, जग्गाहरू हरियाली भएका छन् । युवाहरू आज गाउँमा पनि रमाइरहेका छन् आत्मनिर्भर हुने प्रयासमा लागिरहेका केही उदाहरण पनि देख्न सकिन्छ । कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि राज्यले वास्तविक किसानको पहिचान गरी आर्थिक लगानी अनुदान र प्रविधिमैत्री बनाउन सके मात्र बाहिरी वस्तुको आयातमा कमी हुने देखिन्छ । किसानले पाएका झूटा आश्वासन लाई पूरा गराउनु पर्ने समय आएको छ ।अहिले सम्म को कृषि को स्थिति नियाल्ने हो भने सरकारले केही गर्ला अनि गरौँला भनेर पर्खौँ भने हाम्रो समय बरवाद हुनेछ ।

जति सकिन्छ आफ्नो आफ्नो क्षेत्रबाट काम गर्न बाहेक अरू विकल्प छैन । अब युवाहरूले जागेर युवा सरकारका पछाडि होइन सरकार बाध्य भएर सरकारलाई आफ्नू पछाडि लगाउने समय आएको छ । सम्पूर्ण नेपालीलाई राष्ट्रिय धान दिवस को शुभकामना ।

Tags: दही चिउराराष्ट्रिय धान दिवस
ShareTweetPin
Previous Post

सुनसरीमा सैलुन पनि खुल्ला, मोरङमा कडाइ

Next Post

समस्यामा परेका नेपालीलाई हेल्पिङ ह्याण्ड जापान टिमको सहयोग

Next Post
समस्यामा परेका नेपालीलाई हेल्पिङ ह्याण्ड जापान टिमको सहयोग

समस्यामा परेका नेपालीलाई हेल्पिङ ह्याण्ड जापान टिमको सहयोग

Comments 1

  1. Evawouch says:
    5 years ago

    [url=http://cialissave.com/]cialis professional online[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.