ब्राजिलको अर्जेन्टिना भन्दा ६ अंक बढि भएर शिर्षस्थानमा छ । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा १८ अंक जोड्दै शीर्ष स्थानमा आशिन छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो ।
ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २–० ले पराजित गरेको छ । नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।
अर्जेन्टिनाले भने कोलम्बियासँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

















