इनरुवा । सुनसरीमा सशस्त्र प्रहरीले ठुलो परिणाममा अबैध गाजा बरामद गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा न– ८ सोनयाही सिशुवा स्थित दशगजा नम्बर १९५÷२ को क्षेत्रमा मकै बारीमा लुकाएर राखिएको अवस्थामा पाँच वटा बोरामा १०२ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल उल्टी भोक्राहाका सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताए ।
सशस्त्र प्रहरी बल बिओपी उल्टी भोक्राहाबाट इन्स्पेक्टर महेश बिक्रम केसीको नेतृत्वमा खटिएको सात जनाको प्रहरी टोलीले विषेश सुराकीका आधारमा मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो । सुनसरीको सिशुवा भोक्राहाबाट भारततर्फ तस्करी गराउने उद्देश्यले राखिएको गाजा बरामद गरेको इन्स्पेक्टर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार निजी जग्गामा राखिएको मकैमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट राजन कार्कीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ ।
तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको, यस अघिपनि भारत बाट अवैध रूपमा राजस्व छलेर ल्याएको चालीस हजार बराबरको विभिन्न सामाग्रीहरु नियन्त्रण गरि भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ ।
सो सिमानाकाबाट विगत लामो समय देखि गाँजा तस्करी भईरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाई गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले आज ठूलो परिमाणको गाजा बरामद गरिएको हो ।
पछिल्लोपटक सुनसरीको विभिन्न सिमावर्ती नाकाका साथै जिल्लाको ग्रामीण भेगहरुमा समेत अवैध गाँजा, प्रतिबन्धित लागुपदार्थ सहित तस्करीका विभिन्न सामाग्रीहरु प्रकाउ गर्दै आएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।


















