रामधुनी । क्यान्सर रोगबाट ग्रसित भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत तेह्रथुम फेदाप गाउँपालिका जलजले ५ निवासी वर्ष ६३ का बिष्णु कुमार सिङ्गक लाई आर्थिक सहयोग जुट्ने क्रम बढी रहेकोछ ।
सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका बिष्णु कुमारको उपचारमा निकै समस्या भएपछी भक्तपुर क्यान्सर अस्पतालले सहयोगको याचना सहित सिफारिस समेत गरिदिएको थियो ।
अस्पतालले नेपाल सरकारले प्रदान गर्ने बिपन्न राहत कोष प्रदान गर्न को लागि सम्बन्धित गाउपालिका र नगरपालिका सिफारिस समेत गरिदिएकोछ । सोही अनुसार सहयोग संकलन अभियान गरिएको सामाजिक अभियान्ता मिना सिङ्गक ले बताईन् । अभियान्ता मिना सिङ्गकका अनुसार बिष्णुकुमार सिङ्गकलाई हाल बहराईनमा कार्यरत मुकेश सिङ्गक ( बाबा) को पहलमा १ लाख १२ हजार ८ सय ९ रुपैया उपचार सहयोग प्राप्त भएको छ ।
मिनाका अनुसार बिष्णुको प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ लागे र यो उनको लागि सामार्थ भन्दा धेरै परको कुरा भएकाले आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उनको परिवार बाट सहयोगको अपिल गरिएको हो । आफ्नो जेठी श्रीमती गुमाएका बिष्णुले केही अन्तराल पछि दोस्रो श्रीमती बिहे गरेर खेती किसानी काम गरेर जीवन गुजारा गर्दै आएका छन् ।
तेह्रथुम फेदाप गाउँपालिका ३ जलजले निवासी वर्ष ६३ का बिष्णु कुमार सिङ्गक क्यान्सर ( Non Hodgkin’s Lymphoma ) रोगबाट ग्रसित भइ हाल भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत छन् । सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका बिष्णु कुमारले आफ्नो जेठी श्रीमती गुमाएका बेला अत्यन्तै पिडादायी जीवन बिताएका थिए ।
केही अन्तराल पछि उनले दोस्रो श्रीमती बिहे गरेर आफ्नो जिवनलाई नयाँ मोड दिदै आफ्नै माटोमा उही खेतिकिसानी काम गरेर जीवन गुजारा गर्दै आएका थिए । इमानदार, संघर्सशील,सानो अनि सुखी परिवार यतिबेला नै उनको जिवनमा यत्रो बज्रपात आइपर्छ भनेर नसोचेको कुरा आइलाग्यो । समस्यालाई सामाना गर्न बाहेक अरु उनको विकल्प छैन अहिले,उनी हाल क्यान्सर सङ्ग जुधिरहेका छन् ।
प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ लाग्छ ,यो उनको लागि उनको सामार्थ भन्दा धेरै परको कुरा भयो । आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण उनको परिवार बाट सहयोगको अपिल गरिएको छ । साथै आफ्नो परिश्रमको केही प्रतिशत छुटाएर बिष्णु कुमारको उपचारमा सहयोग पुराउनु हुने बहराईनमा कार्यरत सम्पूर्ण सहयोगीहरुलाई अमूल्य सहयोगको लागि बिष्णु कुमार र अभियान टिमले हार्दिक कृतज्ञता प्रकट गरेकोछ ।
बिष्णु कुमारको यो जटिल परिस्थितिमा “फेदाप गाउँपालिका ३ ,तेह्रथुम जलजलेका स्थाई घर भएका बहराइनमा कार्यरत मुकेश सिङ्गक ( बाबा) को पहलमा बहराइन मा रहेका निम्न सहयोगीहरुले सहयोग गरेको मुकेश सिङ्गकले बताए ।
योगेन्द्र फोम्बो, समुन्द्र पुन, करन महत्वो, सुन्दर इक्सा चेम्जोङ, शुरेन्द्र फोम्बो, किशोर थाम्सुहाङ, बिबि कुरुङ्बाङ, वादल कन्दङ्वा, उत्सव आङ्बो, राजन तामाङ, पूर्ण सिं तुम्बाहाङ्फे, राम सिं तुम्बाहान्फे, पदम तुम्बाहाङ्फे, जीवन फूदोङ, कृष्ण कुरुङ्बाङ, आश्मिन राई, भरत थापा,शंकर गुरुङ, सुमन चेम्जोङ, सुजन सम्बाहाङ्फे, एभिन गुरुङ,मिराक तुम्बापो, बिरेन्द्र सिगु, सुमन चेम्जोङ, चक्र ब।तामाङ, रुकमान नेम्बाङ, विजय दुमि राई, युदिश गुरुङ, राजकुमार गुरुङ, कुमार लामा, मनाहाङ माङ्फाङ राई, मुकेश सिङ्गक


















