देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा एक युवतीलाई अपहरण गरेर बलात्कार गरेको खुलासा भएको छ । तर आरोपी खुलेआम घुमी रहे पनि संवन्धित निकाय यस विषयमा बेखबर रहेको पिडित परिवारले गुनासो गरेका छन् ।
गत जेष्ठ १७ गते सोमबारका दिन देवानगंज गाउँपालिका वडा नम्बर–२ का एक युवाले एक युवतीलाई अपहरण गरेर उखु खेतमा लगेर बलात्कार गरेको आरोप छ ।
यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले आफुलाइ यस विषयमा थाहा नभएको बताइन् । तर, सत्य तथ्य बुझेर युवतीलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरिन् ।
तर स्थानीय प्रहरीले जाहेरी लिन नमानेपछि पीडीत पटक पटक जिल्ला प्रहरी कार्यालय सुनसरी धाएका छन् । तर प्रहरीले घटनालाई वेवास्ता गरेको आफुहरुलाई महसुुस भएको बताएका छन् ।
खोजि भइरहेको छ : प्रहरी
यता जिल्ला प्रहरी कार्यालय सुनसरीले पीडीत पक्षको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको बताएको छ । प्रहरी प्रमुख कमल थापाले आरोपित फरार भएकाले खोजि कार्य जारी राखिएको बताए । उनका अनुसार अनुसन्धानपछि दोशि ठहरीए कडा भन्दा कडा कारबाही हुने छ ।
फलोअपमा…


















