प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरे ।
‘बेलायतमा रहेका गोर्खा सैनिकहरुको योगदानका कारण बेलायतले कोभिड खोप सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ’ उनले भने । प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्त्रण आउने नत्र नियन्त्रणमा कठिन हुने समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसँग खोपका लागि आग्रह गरेपछि बीबीसीले बेलायतका विदेश मन्त्रालयसँग पनि कुरा गरेको छ । बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोराना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गरेको खबरहरुमा उल्लेख छ ।



















cealis