इटहरी । प्रदेश १ मा विहीवार ७६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा विहीवार ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८८० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


















