काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४८ लाख ४ हजार ३ सय १३ कित्ता हकप्रद सेयर बिक्रीमा आउने भएको छ ।
कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४८ लाख ४ हजार ३१३ कित्ताका लागि मात्र आवेदन परेपछी बाँकी बिक्री नभएको ४ लाख ३६ हजार ८ सय ८४ कित्ता हकप्रद पुनः बिक्रीमा आउने भएको हो ।
अरुण भ्यालीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।


















