इटहरी । संसद बैठक नबोलाई अद्यादेश मार्फत बजेट ल्याउन खोजेको भन्दै चौतर्फी बिरोध खेपेको प्रदेश १ सरकारले अन्ततः संसद बोलाउने भएको छ ।
मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर सुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने विपक्षी दलहरुलाई वचन दिएका छन् । संसद्का विपक्षी दलका नेताहरुसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले बचन दिएका हुन् ।
असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । कोरोना महामारीले यसपटक त्यसो गर्न नसकिएको मुख्यमन्त्री राईको भनाई छ ।
काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादीका नेता इन्द्रवहादुर आङ्बो र जनता समाजवादीका नेता जयराम यादवसँग शर्बदलिय बैठक बसेको हो ।


















