इटहरी । सोमबार प्रदेश १ मा १ हजार ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै सोमबार १८२ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ९४१ पुगेको छ ।

















