इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले खाना, औषधी र सुत्ने ब्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रवन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन ।
उपप्रमुख गौतमले ब्यवस्थापन कस्तो रहेको छ भनेर गर्नुभएको प्रश्नमा विहान वेलुकी खाना, दुई पटक नास्ता, अण्डा, दुघ, हरियो साग साथै मासुको समेत ब्यवस्था रहेको वताएका हुन् । संक्रमितहरुले यति राम्रो ब्यवस्थापन छ भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिएका छन् ।
इटहरी उपमहानगरले इटहरी रंगशालामा २४ घण्टा स्वास्थ्यकर्मी सहित ५० वेडको आइसोलेसन संचालन गरिरहेको छ । सवै वेडमा अक्सिजनको प्रवन्ध गरिएको छ ।

















