कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । कुखुराबाट सर्ने साल्मोनेला नामक भाइरस देखिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको खबरहरुमा उल्लेख छ । साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृत्युको मुखमा पुर्याउन पनि सक्छ ।
संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा यो अनुसन्धान गरेको हो ।

















