रामधुनी । भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेको कर्फ्यूको समयअवधी थपेको छ ।
कोरोना संक्रमितको संख्यामा कमी नआएको भन्दै सरकारले मे ३१ तरिक बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यूको समय अवधी थप गरेको हो ।
यस समयमा चिकित्सा, आवश्यक चीजहरू, ई(बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने प्रदेश सरकारले जनाएको छ। यता, खोप अभियान पनि जारी रहेको छ । उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ।

















