रामधुनी । क्यान्सर पिडित तेह्रथुमको फेदाप गाउँपालिका जलजले ५ का ६३ वर्षिय बिष्णु कुमार सिङ्गक लाई शमशेर तुम्बाहाम्फेको आर्थिक सहयोग प्राप्त भएको छ ।
सामान्य किसान परिवारमा आफ्नो जिवनयापन गर्दै आएका क्यान्सर पिडित बिष्णु कुमारको उपचारमा आर्थिक समस्या भएपछी भक्तपुर क्यान्सर अस्पतालले सहयोगको याचना सहित सिफारिस गरेको थियो ।
अस्पतालले नेपाल सरकारले प्रदान गर्ने बिपन्न राहत कोष प्रदान गर्न को लागि सम्बन्धित गाउपालिका र नगरपालिका सिफारिस समेत गरिदिएकोछ ।
क्यान्सर पिडित बिष्णु कुमार उपचार सहयोग संकलन अभियान गरिएको सामाजिक अभियान्ता मिना सिङ्गकले बताईन् । अभियान अन्तर्गत हङकङका सफल व्यवसायी तथा समाजसेवी किराँत याक्थुङ चुम्लुङ हङकङका वर्तमान बरिष्ठ उपाध्यक्ष तथा तेह्रथुम बित्तिय समुह हङकङका वर्तमान अध्यक्ष शमशेर तुम्बाहाङ्फेले रु ६० हजार रुपैया उपचारको लागि सहयोग गरेको अभियन्ता मीना सिङ्गकले जानकारी दिईन् ।
बिष्णुको प्रत्येक किमो थेरापीमा ६५ हजार नेपाली रुपैयाँ खर्च हुन थालेपछि उपचारमा समस्या भएपछि उनको परिवार बाट सहयोगको अपिल गरिएको सिङ्गकले बताईन् ।
आफ्नो जेठी श्रीमती गुमाएर अत्यन्तै पिडादायी जीवन बिताइरहेका बिष्णुले केही अन्तराल पछि दोस्रो श्रीमती बिहे गरेर आफ्नो जिवनलाई चलाइरहेका बिष्णुले खेती किसानी काम गरेर जीवन गुजारा गर्दै आएका छन ।


















