इटहरी । लमजुङमा आज बिहान पनि भूकम्पको परकम्प गएको छ ।
बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

















