इटहरी । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने डा. देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।
यी दुईविच मुख्य प्रतिस्पर्धा रहेको छ । मतपरिणाम आजै आउने बताइएको छ ।

















