इटहरी । प्रदेश १ मा बुधबार १२९८ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएकाको यो संख्या दैनिक संक्रमण संख्यामा उच्च हो ।
मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् ।
बुधबार २२४ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ ।


















