मोरङ । मोरङको रङगेली नगरपालिका–३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बुधबार बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो ।
मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै–झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए ।
पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

















